Logo

२०८३, आश्विन १०गते


images
images

एमालेको विजयी यात्रा रोक्ने शक्ति छैन: नेता अधिकारी

एमालेको विजयी यात्रा रोक्ने शक्ति छैन: नेता अधिकारी

images
  • एमालेको विजयी यात्रा रोक्ने शक्ति छैन: नेता अधिकारी
    images
    images

    राजेश पराजुली, लमजुङ । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् लमजुङ इञ्चार्ज मायानाथ अधिकारीले जनताको लोकप्रिया र देश विकास गर्न सक्ने पार्टी एमाले मात्र भएकाले आगामी निर्वाचनमा एमालेको विजयी यात्रा रोक्ने शक्ति नभएको बताएका छन् ।

    images
    images
    images


    दोर्दी गाउँपालिका वडा–४ नौथर सेरामा नेपालीहरूको महान पर्व दशैँ, तिहार, छठ, क्रिसमस ल्होछार लगायत पर्वको अवसरमा नेकपा (एमाले) दोर्दी गाउँ कमिटीद्वारा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    images
    images
    images

    पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार रहँदा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने प्रयासदेखि देश विकासमा ठूलो योगदान गरेको र गठबन्धन रहँदा पनि गत स्थानीय निर्वाचनमा एमालेलाई लोकप्रिया मत प्राप्त भएकाले आगामी निर्वाचनमा पनि एमालेको बहुमत आउने उनको दाबी छ ।

    images
    images
    images

    ‘देश दुर्घटनाबाट बचाउन र देशको विकासका लागि एमालेको विजयी आवश्यक छ । गठबन्धन गरेर अघि बढेका दलहरू देश र जनताको लागि नभई आफ्नो स्वार्थ, तथा कुर्चीका लागि मिलेकाले आगामी निर्वाचनमा उनीहरूको विजय यात्रा रोक्दै एमालेलाई मत दिन आम मतदातासमक्ष बिनम्र अनुरोध गर्दछु,’ उनले भने ।

    एमालेले बहुमत प्राप्त गर्दै सरकारमा पुगेर देश र जनताको सेवा गर्ने अवसर मंसिर ४ गतेको निर्वाचन भएकाले यसमा सबै गम्भीर भएर लाग्न कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।