राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ६ मा उज्यालो वैदाम अन्तर्गत करिव ३३ लाख रुपैयाँ बराबरको लाइट जडान गरिने भएको छ । वडाद्धारा आयोजित नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वडा नम्वर ६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले दशैं अघि पहिलो चरणमा ८ लाख र दशैं पछि दोस्रो चरणमा २५ लाखको गरी ३३ लाख रुपैयाँ बरावरको लाइट जडान गरिने बताए ।
पोखराको वडा नम्वर ६ महानगरको अन्य वडाभन्दा पर्यटकीय हिसावले बढी महत्वपूर्ण रहेको बताउँदै बाहिर मात्र हैन वैदाम (लेकसाइड) भित्र पनि खुल्ला छ भन्ने पहिचान दिनको लागि र सबै पर्यटकहरुको सहजता र सुरक्षाका लागि प्रत्येक स्ट्रिटमा लाइट जडान गर्न लागिएको उनको भनाई छ ।
साथै वैदामका सबै बाटोहरु पिच गर्ने योजना उनले नाकाबन्दी र कोरोना कहरबाट भर्खर माथि उठ्न लागेको पर्यटन व्यवसायलाई पहिलेकै अवस्थामा फर्काउन र समग्र वडा नम्वर ६ स्मार्ट बनाउनका लागि आफू दृढ संकल्प सहित लागि परेको बताए ।
यसैविच उनले लेकसाइड धेरै घट्ना घट्न सक्ने सम्भावित क्षेत्र मानिएको हुनाले सुरक्षा सतर्कताका लागि ३६० डिग्री मोडलका सिसि क्यामरा पनि छिट्टै जडान गर्ने उल्लेख गरे ।
वडाध्यक्ष भट्टराईले फेवातालको संरक्षण गर्न र अतिक्रमण रोक्न सबै सरोकारवाला निकायहरु एकजुट हुनुपर्ने र कानुनसम्वत अदालतको फैसलाको पालना गर्नुपर्नेमा जोड दिए ।
साथै उनले असोज २५ मा फेवातालको वृहत सरसफाई हुने र उक्त कार्यक्रममा ३३ वटा वडाका जनप्रतिनिधि र सरोकारवाला निकायको सवैको उपस्थिती रहने जानकारी पनि दिए । कार्यक्रममा शुभकामना दिदै वडाका जेष्ठ नागरिक तथा पूर्व वडाध्यक्ष ९० वर्षीय होमबहादुर लामिछानेले वडाको विकासको लागि सबैले हातेमालो गरेर एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यकममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी,खहरे टोल विकास संस्थाका उपाध्यक्ष गणेश पहारी, एमाले वडा कमिटी सचिव उमा भण्डारी, अन्नपूर्ण आमा समूहका अध्यक्ष रेणु लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधी, पर्यटन व्यवसायी, टोल विकास संस्था, आमा समूहका प्रतिनिधि, समाजसेवी स्थानिय लगायको उपस्थिती रहेको कार्यक्रमको वडा नम्वर ६ का वडा सचिव रामबहादुर खत्रीले सञ्चालन र स्वागत वडा सदस्य वासुदेव बराल गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology