काठमाडौं । एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्।
उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।
सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्।
अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमाले स्रोतले बताएको छ ।
२०५१ सालदेखि २०७४ सम्म चार वटा निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन्
उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology