Logo

२०८३, आश्विन ११गते


images
images

स्थिर सरकारका लागि एमालेलाई मतदान: नेता न्यौपाने

स्थिर सरकारका लागि एमालेलाई मतदान: नेता न्यौपाने

images
  • स्थिर सरकारका लागि एमालेलाई मतदान: नेता न्यौपाने
    images
    images

    देवदह । नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले स्थिर सरकारका लागि एमालेलाई मतदान गर्न आव्हान गरेका छन् । एमालेले चुनावी तालमेल गरेपनि कुनै दलसँग गठबन्धन नगरेको बताउँदै उनले पार्टीले एकल बहुमत ल्याउने र स्थिर सरकार बनाउँने दावी गरे ।

    images
    images
    images

    शनिबार प्रेस चौतारी नेपाल रुपन्देही क्षेत्र नं. १ ले देवदहमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमालेबाट क्षेत्र नं. १ (२) को प्रत्यासी समेत रहेका न्यौपानेले चुनावी तालमेल र गठबन्धन फरक भएको तर्क गरे ।

    images
    images
    images

    नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरू एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर चुनावदेखि सरकार गठनसम्म नै गठबन्धन गर्दै आएको उल्लेख गर्दै उनले भागबन्डाको राजनीतिले देशलाई फाईदा नहुने बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख धुर्ब प्रसाद खरेलले विकासका लागि एमालेले जित्नुपर्ने धारणा व्यक्त गरे । यसअघि लामो समयसम्म कांग्रेसले जितेपनि क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै उनले एमालेले निर्वाचन जितेपछि विकासका काम अगाडि बढेको दावी गरे ।

    कार्यक्रममा एमालेका सल्लाहकार परिषद सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला उपाध्यक्ष जागेश्वरी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    प्रेस चौतारीका जिल्ला सदस्य राम बहादुर गुरुङको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन पत्रकार त्रीलोचन दाहालले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।