रुपन्देही । रुपन्देही क्षेत्र नं. १ बाट लीलामणि न्यौपानेले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । लियो क्लबमा कृयशिल उनी तिलोत्तमाका स्थायी बासिन्दा हुन् ।
लियो जिल्ला परिषद ३२५ पि नेपाल का अध्यक्ष रहेका न्यौपानेले तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणीको क्षेत्रलाई सविस्तार हुने गरि बिकसाको खाका आफुसंग भएको बताएका छन्।
आफू सफल ब्यबसायी समेत रहेको बताउँने न्यौपानेले युवाहरुको प्रतिभा प्रस्फुटन र व्यवसायमा समेत सहयोग पुग्ने र नयाँ नयाँ आइडियाहरुको उजागर गर्ने क्षमता आफुसंग रहेको बताए ।
सो निर्बाचन क्षेत्रमा नेकपा एमालेका तर्फबाट छबिलाल बिश्वकर्मा, कांग्रेस माओवादी गठबन्धनबाट पुर्वसभामुख समेत रहेकी नेतृ ओनसरी घर्ती, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं लगायत चुनावी मैदानमा देखिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology