Logo

२०८३, आश्विन ११गते


images
images

अष्टलक्ष्मीले गरिन टिकट फिर्ता, ओलीलाई फोन गरेर भनिन्- 'म चुनाव लड्दिनँ'

अष्टलक्ष्मीले गरिन टिकट फिर्ता, ओलीलाई फोन गरेर भनिन्- 'म चुनाव लड्दिनँ'

images
  • अष्टलक्ष्मीले गरिन टिकट फिर्ता, ओलीलाई फोन गरेर भनिन्- 'म चुनाव लड्दिनँ'
    images
    images

    काठमाडौं । नेकपा एमालेका  उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर विकल्प खोज्न आग्रह गरेकी छन् ।
    ‘फेरि यस्तो कुरा नगर्नुहोस्, मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु’, शाक्यले भनिन्, ‘विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

    images
    images
    images

    उपाध्यक्ष शाक्यले उम्मेदवारको आकांक्षा समेत राखेकी थिइनन् । ‘एउटै व्यक्तिले कति चुनाव लड्ने, कतिपटक मन्त्री र प्रधानमन्त्री हुने ?’ उनले भनिन्, ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

    images
    images
    images

    टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् । ‘महिलालाई उम्मेदवार बनाउन सक्नु हुन्न भने पुरुष भए पनि नयाँ आओस् भनेको थिएँ, तर फेरि मलाई नै उम्मेदवार बनाउने भन्ने आयो’, शाक्यले भनिन् ।

    images
    images
    images

    शाक्यले कुनै हालतमा संसदीय राजनीतिमा नफर्कने अडान लिएपछि ओली विकल्प खोज्न तयार भएका छन् । ‘फेरि दबाव नदिनुहोस् भनेपछि अध्यक्ष कमरेडले पनि ल ठिकै छ भन्नुभयो’, शाक्यले संचारकर्मीहरूलाई भनेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।