Logo

२०८३, आश्विन ११गते


images
images

रुपन्देही-१ : प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ३२ जना उम्मेदवारको मनोनयन दर्ता

रुपन्देही-१ : प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ३२ जना उम्मेदवारको मनोनयन दर्ता

images
  • रुपन्देही-१ : प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ३२ जना उम्मेदवारको मनोनयन दर्ता
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयमा ४८ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । आइतबार भएको मनोनयन दर्तामा प्रतिनिधिसभामा २१ र प्रदेशसभामा ३२ जना उम्मेदवारको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत श्याम श्रेष्ठले बताए । जसमध्य प्रदेश अन्तर्गत १(१) मा ११ जना  र १(२) मा १५ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

    images
    images
    images

    मनोनयन दर्ता भएका उम्मेदवारमध्य कति उम्मेदवार दलिय र कति उम्मेदवार स्वतन्त्र छन् भन्ने सेतोमसीको जिज्ञासामा श्रेष्ठले प्रमाणिकरणको काम जारी रहेकोले पछी मात्रै जानकारी दिन सक्ने बताए ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभाको लागि सत्ता गठबन्धनबाट बामपंथी नेता घनश्याम भुसाल, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट पार्टी केन्द्रिय सचिव छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं लगायतले मनोनयन दर्ता गरेका छन् । 

    images
    images
    images

    त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी, नेशनल मंगोल अर्गनाइजेसन, जनमत पार्टी लगायतले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।