परासी। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
बर्दघाट क्षेत्र नम्बर १ र परासी क्षेत्र नम्बर २ गरी २ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारहरूले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्।
क्षेत्र नम्बर २ को निर्वाचन केन्द्रमा प्रतिनिधि सभाका लागी नेकपा एमालेबाट पार्टी जिल्ला अध्यक्ष दिपेन्द्रअधिकारीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले मनोनयन दर्ता गराएका छन् । त्यस्तै राप्रपाबाट केन्द्रिय उपाध्यक्ष धुर्ववहादुर प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ को क मा गठबन्धनको तर्फबाट नेकपा माओवादीका चीनक कुर्मीको मनोनयन परेको छ भने नेकपा एमालेको तर्फबाट थान प्रसाद गरैको मनोनयन परेको छ। त्यस्तै क्षेत्र नम्बर २ को ख मा नेकपा एमाले र जसपाको गठबन्धनका तर्फबाट जसपाका धरेन्द्र यादवको मनोनयन परेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बैजनाथ जैसवालको मनोनयन परेको छ। त्यस्तै लोसपाको तर्फबाट क्षेत्र नम्बर २ को ख बाट नगेन्द्र अग्रहरीको मनोनयन परेको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फकाबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले मनोनयन दर्ता गराउनुभएको छ भने नेकपा एमालेको तर्फबाट सिन्धु जलेशाले मनोनयन दर्ता गराउनुभएको छ। यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्वर १ क मा गठबन्धनका तर्फबाट विश्वप्रेम पाठक र नेकपा एमालेका तर्फबाट पुण्य प्रसाद पौडेलले मनोनयन दर्ता गर्नुभएको छ। त्यस्तै क्षेत्र नम्वर ख मा गठवन्धका तर्फबाट नेपाली कांग्रेसका सन्तु कलावार र नेकपा एमालेका तर्फबाट दिपक राज पौडेलले मनोनयन दर्ता गराउनुभएको छ। त्यस्तै पश्चिम नवलपरासीको क्षेत्र नम्वर १ र २ मा प्रतिनिधि र प्रदेश सभामा दर्जन भन्दा वढिको उम्मेद्वारी परेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology