Logo

२०८३, आश्विन १०गते


images
images

मुख्य पार्टीबाट गुल्मीमा को-कस्ले दिए उम्मेदवारी ? 

मुख्य पार्टीबाट गुल्मीमा को-कस्ले दिए उम्मेदवारी ? 

images
  • सेतोमसी सहकर्मी
  • मुख्य पार्टीबाट गुल्मीमा को-कस्ले दिए उम्मेदवारी ? 
    images
    images

    कृष्ण अन्जान, तम्घास । गुल्मी जिल्लाका सँघिय २ र प्रदेशका ४ निर्वाचन क्षेत्रमा मनाेनयन दर्ता भए सँगै गुल्मी निर्वाचनमय बनेकाे छ  ।

    images
    images
    images

    सँघिय निर्वाचन क्षेत्र न १ बाट नेकपा एमालेले पार्टीका उपमहासचिव प्रदिप कुमार ज्ञवालीलाई अगाडि सारेकाे छ भने नेपाली काँग्रेसका चन्द्र भण्डारी गठवन्धनका तर्फबाट उम्मेदवार बनेकाे छन ।

    images
    images
    images

    यसै गरि क्षेत्र न २ मा नेकपा एमालेले पार्टीका सचिव गाेकर्ण विष्ट एमाले उम्मेदवार बनेका छन भने गठवन्धनका लागि नेकपा समाजवादीकि राम कुमारी झाँक्री उम्मेदवार बनेकी छन ।

    images
    images
    images

    यसै गरि प्रदेश सभाका लागि क्षेत्र न १ क मा नेकपा एमालेले चिन्तामणी पाण्डे उम्मेदवार छन भने ख बाट फर्सुराम पाण्डे उम्मेदवार बनेका छन ।

    यसैगरी गठवन्धन बाट १ क मा सुदर्शन बराल उम्मेदवार छन भने ख मा धनेन्द्र कार्की गठवन्धनका उम्मेदवार हुन ।

    यसैगरि २ क मा एमालेले डिल्लीराज भुषाल र गठवन्धनले नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएकाे छ भने ख मा एमाले बाट दिनेश पन्थी र गठवन्धनबाट माओवादी केन्द्रका बुद्धि जिसी उम्मेदवार हुन ।

    यसैबीच क्षेत्र न २ मा नेपाली काँग्रेसका दामोदर भुषालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन ।
     यसैगरी लौरो अभियानका लागि क्षेत्र न १ मा भुवन अर्याल र २ मा रामलाल पाण्डे उम्मेदवार बनेका छन ।

    गुल्मीमा एक लाख १३ हजार दुई सय ९८ महिला र एक लाख १० हजार तीन सय १५ पुरुष गरेर दुई लाख २३ हजार छ सय १५ जना मतदाता छन्। 

    क्षेत्र नं १ मा एक लाख १९ हजार दुई सय ८८ र क्षेत्र नं २ मा चार हजार तीन सय २७ मतदाता छन्। 

    एक सय ४२ मतदात स्थल र दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।