राजेश पराजुली, पोखरा । कास्की क्षेत्र नं २ मा श्रीनाथ बरालको नेतृत्वमा गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य बरालले क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराए छन् ।प्रदेश सभा तर्फ क्षेत्र नं २ को ‘क’ मा नेपाली कांग्रेसबाट गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत भएका विन्दु कुमार थापाले उम्मेदवारी दर्ता गराए ।
त्यसैगरी क्षेत्र नं २ ‘ख’ मा नेकपा माओबादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले उम्मेदवारी दर्ता गराए ।कास्की क्षेत्र नं २ मा नेकपा एमालेबाट प्रतिनिधि सभामा विद्या भट्टराई र प्रदेश सभा तर्फ २ को ‘क’ मा भीम कार्की र २ ‘ख’ मा मीना गुरूङले उम्मेदवारी दर्ता गराएका छन ।
मनोनयन दर्ताका क्रममा गठबन्धन र एमालेका उम्मेदवारले एकअर्कामा शुभकामना साटासाट गर्दै सामुहिक तस्बिर खिचाएका थिए । उम्मेदवारी दर्ताका उम्मेदवारहरु कास्की क्षेत्र नं २ को निर्बाचन कार्यालय रहेको पोखरा सभागृहमा आफ्ना समर्थकमाझ र्यालीसहित पुगेका थिए ।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेदवारी परेको छ, भने हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा(क) का लागि चेतबहादुर महतको उम्मेदवारी परेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology