कृष्ण अन्जान, गुल्मी । असोज महिनाकाे मध्य कटिसकेकाे छ । तैपनि झरीले छाडेकाे छैन । फर्किफर्कि आकाश वर्षिरहँदा वास्तवमा मौसमले साथ दिएकाे छैन । बाटाघाटा भत्केका छन । पहिराे झरेकाे छ । खाेला नाला बढेका छन तर पनि संघीय र प्रदेशमा उम्मेदवार मनाेनयन भए संगै गुल्मीमा उम्मेदवारहरुकाे चुनावी अभियान शुरु भएकाे छ ।
यतिबेला गुल्मी क्षेत्र नं. १ का लागि नेकपा एमालेका नेता प्रदिप कुमार ज्ञवाली वर्षा र पहिरो छिचोल्दै चन्द्रकाेटका मतदाता र कार्यकर्तालाई भेट्न गाउँगाउँमा पुगेका छन ।
मुख्य रुपले अघिल्ला कार्यकालमा भए गरेका कामहरु र अबका पाँच वर्षका लागि प्राथमिकतामा के याेजना आवस्यक छन भन्ने सम्बन्धमा अन्तरकृया कार्यक्रममा कार्यकर्ता र मतदातासँग उनले छलफल गरेका छन ।
ज्ञवालीसंगै छन् एमालेबाट प्रदेश सभा १(१) का उम्मेदवार चिन्तामणी पाण्डे पनि । कार्यकर्ताहरुले मुख्यतया रुद्रवेणि वामिटक्सार, मजुवा शान्तिपुर सडककाे स्तराेन्नतिका मागहरूलाई जाेडदार रुपमा उठाएका छन ।
कार्यकर्ताका जिज्ञाशाकाे उत्तर दिँदै नेता ज्ञवालीले रुद्रवेणी, वामिटक्सार सडक वैशाखसम्म सम्पन्न हुने बताउँदै डहरे खाेलाकाे पुल निर्माणकाे प्रकृयामा रहेकाे, खर्ज्याँग गौँडाकाेट जुभुँग मजुवा शान्तिपुर सडक निर्माण कार्य हुँदै गरेकाे साथै मजुवामा कृषि, पशुपालनकाे प्राविधिक अध्ययन हुने गरि कृषि प्राविधिक शिक्षालय, सिँचाइ लगाएतका क्षेत्रमा चन्द्रकाेटमा काम गरकाे स्पष्टीकरण दिएका छन् ।
कार्यकर्ता एवं मतदाता भेटघाटको क्रममा ज्ञवालीले सत्तरी सालमा दुईजनाले शिलान्याश गरेकाे रिडीकाे तिनमुखे पुल, २०७४ सालसम्म कुनै काम अगाडि नबढेको र एमाले सरकार निर्माण भईसकेपछि बजेट बिनियाेजन भएपछि काम सम्पन्न भएकाे, कालीगण्डकी करिडाेर, मदन भण्डारी राजमार्गकाे निर्माण कार्यसँगै खरकाे छाना मुक्त अभियान, खानेपानी, शिक्षा, स्वास्थ, खेलकुद क्षेत्रमा आफ्नो तर्फबाट धेरै काम गरेकाे दावी गरेका छन् ।
कार्यक्रममा बाेल्दै क्षेत्र नं. १(१) का प्रदेश सभा उम्मेदवार चिन्तामणी पाण्डेले युवा लक्षित कार्यक्रम सँगै जनमुखी कार्यक्रम आफ्नो प्राथमिकतामा रहेकाे बताउँने गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology