Logo

२०८३, आश्विन ११गते


images
images

कास्कीमा कांग्रेसको २ हजार २०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन

कास्कीमा कांग्रेसको २ हजार २०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन

images
  • कास्कीमा कांग्रेसको २ हजार २०१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन
    images
    images

    राजेश पराजुली, पोखरा । नेपाली कांग्रेस कास्कीले निर्वाचन केन्द्रित कार्यक्रम शुरु गरेको छ । पार्टीको आज सम्पन्न बैठकले २ हजार २०१  सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ ।

    images
    images
    images

    समितिमा क्षेत्रीय सभापतिहरु र पोखरा महानगर सभापति सहसंयोजक र पार्टीका सम्पूर्ण क्रियाशील सदस्यहरु सदस्य रहने कास्की कांग्रेसका प्रवक्ता विश्वशंकर पालिखेले जानकारी दिए । 

    images
    images
    images

    पार्टी सभापति किशोरदत्त बरालको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

    images
    images
    images

    सचिव भानुभक्त ढकालको संयोजकत्वमा रामजी कोइराला, मनबहादुर लाम्गादे, निर्मला कार्की भण्डारी सदस्य रहेको सचिवालय समिति गठन गरेको छ । 

    यसैगरी कोषाध्यक्ष माईकल कर्माचार्यको संयोजकत्वमा अर्थ उपसमिति गठन गरेको छ भने घोषणा पत्र तयारीका लागि प्रा. पद्यशरण रेग्मी, कपिलमणि दाहाल र दीपेन्द्र ढकाललाई जिम्मेवारी दिएको छ । 

    यस्तै, कानूनी परामर्शका लागि निवर्तमान जिल्ला सदस्य कृष्ण तिमिल्सिना लाई वैठकले संयोजक तोकेको छ ।

    बैठकले सामाजिक सञ्जाल र मिडियामा अनावश्यक भ्रम छर्ने गतिविधिमा संलग्न नहुन पार्टीका सबै क्रियाशील सदस्य एवम् शुभेच्छुकलाई आग्रह गरेको छ । 

    साथै पार्टीको निर्णय विपरीत उम्मेदवारी दर्ता गरेका पार्टीका जिम्मेवार नेता कार्यकर्तालाई तत्काल उम्मेदवारी फिर्ता लिन अपील गरेको छ ।

    यसैबीच सोमबार बिहान कास्की कांग्रेसको पार्टी कार्यालयमा पाँच दलीय गठवन्धनको बैठक सम्पन्न भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राजमो र नेसपाका केन्द्रिय तथा जिल्ला नेताहरु र उम्मेदवारहरुको उपस्थिति थियो ।

    कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संयोजकत्वमा र गठवन्धनका दलहरुको सहसंयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । कास्कीका सबै वडामा संयुक्त निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । 

    यस्तै, कास्की कांग्रेसको पार्टी कार्यालयलाई गठवन्धन दलको मुख्य निर्वाचन परिचालन सचिवालय बनाउने बैठकले निर्णय गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।