Logo

२०८३, आश्विन ९गते


images
images

अल्पकालीन ब्याज दर १० प्रतिशत नाघ्यो

अल्पकालीन ब्याज दर १० प्रतिशत नाघ्यो

images
  • अल्पकालीन ब्याज दर १० प्रतिशत नाघ्यो
    images
    images

    काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक १ बाट लागू हुने नयाँ ब्याज दर पुनरावलोकन गर्न लागेका बेला अल्पकालीन ब्याज दर भने दोहोरो अङ्कमा उक्लिएको छ।
    लयमा फर्किसकेको ट्रेजरी बिलको ब्याज (बट्टा) दर पुन: दोहोरो अंकमा पुगेको हो। बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई दिने ब्याज बढाएपछि त्यसको असर अल्पकालीन ब्याज दरमा पनि देखिएको हो।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्थाहरुले बचतमै दोहोरो अंकमा ब्याज दिन थालिसकेका छन्। विशेष प्रकारको मुद्दतीको ब्याज त १५ प्रतिशतसम्म नाघेको छ।

    images
    images
    images

    यस्तोमा दसैं बिदालगत्तै सरकारले आन्तरिक ऋण नवीकरण गर्दा त्यसको ब्याज दर उक्लिएको हो। पोहोर करिब ५/६ प्रतिशतमा उठाएको ऋण अहिले १० प्रतिशत माथि पुगेको हो।

    images
    images
    images

    राष्ट्र बैंकले १८ अर्ब २४ करोड रुपैयाँको ऋणपत्र नवीकरण गर्न चाहेको थियो। ५ अर्बको २८ दिने, ८ अर्बको ९१ दिने, २ अर्ब २५ करोडको १८२ दिने र ३ अर्बको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न खोजेको थियो।

    बैंकहरुले उच्च ब्याज कबुलेपछि २ अर्ब ६० करोडको ट्रेजरी बिल आफैं किन्न राष्ट्र बैंक बाध्य भयो। ३६४ दिने ट्रेजरी बिलको ४० करोड मात्र बैंकहरुले पाए। यसको औसत ब्याज दर १०.०५ प्रतिशत कायम भएको छ।

    बैंक तथा वित्तीय संस्थाले बढी दर माग्न थालेपछि राष्ट्र बैंकले आफैंले किनेर हस्तक्षेप गर्न थालेको हो। विगतमा पनि यसैगरी हस्तक्षेप गरेर ब्याज एकल अंकमा झारेको थियो।

    तर यसपाली सबै दरहरु दोहोरो अंकमा उक्लिएका छन्।

    'बजारबाट बैंकहरुले दोहोरो अंकमा निक्षेप उठाउनुपर्ने भएपछि ऋणपत्रको ब्याज एकल अंकमा आउँछ भनेर सोच्नु पनि त भएन नि,' राष्ट्र बैंकबाट अवकाश एक कार्यकारी निर्देशकले भने, 'ब्याज दरका विषयमा राष्ट्र बैंकले लिएको नीति गलत छ। उसले ब्याजबाट समाधान खोजेको छ। तर, नेपालको अर्थतन्त्र अन्य देशको भन्दा फरक हो भन्ने कुरा बुझ्न सकेको छैन।'

    राष्ट्र बैंकले सोमबार नवीकरण गरेको ट्रेजरी बिलमध्ये सबैको अधिकतम ब्याज १० प्रतिशत माथि छ। औसतमा भने २८ दिने ट्रेजरी बिलको ९.५४ प्रतिशत कायम भएको छ। तर २८ दिनेकै अधिकतम ब्याज १०.९७ प्रतिशत छ। यता ९१ दिने ट्रेजरी बिलको औसत ब्याज दर १०.१४ प्रतिशत कायम भएको छ भने १८२ दिनेको १०.०६ प्रतिशत कायम भएको छ।

    दसैंपछि बैंकहरुमा सामान्य मात्र निक्षेप बढेको देखिन्छ। तर ऋण भने घटेको छ। यही कारण राष्ट्र बैंकसँग माग्ने स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रम केही घटेको छ।

    बैंकहरुले असोज १ गतेदेखि लागू हुने गरी बचतको ब्याज दर १०.१३ प्रतिशतसम्म र मुद्दतीको १५.१३ प्रतिशतसम्म पुर्‍याएका छन्। साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत पुर्‍याएका छन्। साधारण बचतको उच्चतम ब्याज दर ९.१३३ प्रतिशत पुगेको छ। यसको असल अल्पकालीन ब्याज दरमा पनि परेको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।