Logo

२०८३, आश्विन ९गते


images
images

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध पोखराका उद्योगी-व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध पोखराका उद्योगी-व्यवसायी सडकमा

images
  • बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध पोखराका उद्योगी-व्यवसायी सडकमा
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी÷व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका चोकमा एक घण्टासम्म प्रदर्शनग गरे । कार्यक्रममा पोखरा र लेखनाथ क्षेत्रमा रहेका विभिन्न बस्तुगत संघ,यातायात व्यवसायसँग सम्बन्धित संस्था, प्याब्सन, एनप्याब्सनलगायतको सहभागिता रहेको थियो । 

    images
    images
    images

    विरोध कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले बैंकले कर्जामा गरेको ब्याजदर वृद्धिले उद्योगी÷व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको जिकिर गरे । उनले उद्योग÷व्यवसाय बन्द हुनु भनेको अर्थतन्त्र धरासायी हुनु हो भन्दै यो समस्याप्रति राजनीतिक दलहरुको धारणा सार्वजनिक हुनुपर्ने माग गरे । ‘भूकम्प,बाढीपहिरोजस्ता विपत्ति अनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिन्छ भने व्यवसायीको समस्याका किन नखोज्ने ?,’उनको प्रश्न थियो ।

    images
    images
    images

     नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले विरोधलाई सांकेतिक अभियानको रुपमा व्याख्या गर्दै बैंकको ज्यादतिविरुद्धको आन्दोलन देशव्यापी बनाउने उद्घोष गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकले सीमा नाघेकाले बाध्य भएर सडकमा आउनु परेको बताए । उनले लामो समयदेखि निजी क्षेत्रले बैंकले कर्जामा बढाएको ब्याजदर घटाउन माग गरिरहे पनि नसुनिएको जिकिर गरे । 

    images
    images
    images

    ‘हामीले ऋणको किस्स्ता र ब्याज तिदैनौं भनेकै छैनौं । हाम्रो माग भनेको एकाएक र एकतर्फी रुपले बढाइएको ब्याज घटाऊ र ऋणको किस्ताको पुनर्तालिकीकरण गर भन्ने मात्र हो,’,उनले भने,‘ अहिले अवस्था ठीक छैन, हाम्रो व्यापार छैन । व्यापार हुनासाथ कर्जा तिर्छौं,समय देऊ भन्ने सामान्य माग पनि नसुन्ने सरकार देखेर हामी दुखित भएका छौं ।’

    उनले शान्तिपूर्ण आवाजलाई सुनिएन भने हामी काठमाडौं नै पुगेर आन्दोलन गर्ने चेतावनी पनि दिए । ‘व्याजदर घटेन भने हामी बाध्य भएर व्यवसायको ताला–चाबी सरकारलाई बुझाउन बाध्य हुनेछौं,’उनले भने । 
    लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले विरोध कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिँदै आउँदा दिनमा गरिने सशक्त आन्दोलनको लागि तयार रहन आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए ।  

    निजी क्षेत्रको मागको सुनुवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले बताए ।  संघका महासचिव बलराम आचार्यले प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको मनोमानीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम तय गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।