Logo

२०८३, आश्विन १०गते


images
images

रुपन्देही २ मा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

रुपन्देही २ मा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

images
  • रुपन्देही २ मा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज
    images
    images

    रुपन्देही । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । 

    images
    images
    images


    नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो । यसले नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने भएको छ । 

    images
    images
    images

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजेपछि जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनैजनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।

    images
    images
    images


    गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो । 

    यस्तै कमल भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।