Logo

२०८३, आश्विन १०गते


images
images

निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह

निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह

images
  • निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान केन्द्र अपाङ्तामैत्री बनाउन आग्रह गरिएको छ। सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा तनहुँमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका क्रियाशील संस्थाका पदाधिकारीले जिल्ला निर्वाचन अधिकृतलाई भेट गरी आफ्ना चासो व्यक्त गरेका हुन् । 

    images
    images
    images

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गतामैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन्।जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गतामैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उनले जानकारी दिइन्। 

    images
    images
    images

    व्यास नगरपालिका वडा नं २, ३ र ४ का मतदान केन्द्र अपाङ्गतामैत्री भए/नभएको स्थलगत अवलोकनसमेत गरिएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले जानकारी दिए । 

    images
    images
    images

    सो अवसरमा जिल्ला निर्वाचन अधिकृत ढकालले निर्वाचन मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आवश्यक पहलकदमी भइरहेको उनले बताए । 

    उक्त कार्यक्रममा सहृदयी मञ्च तनहुँ नेपालका सचिव कृष्ण थापा, रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोला, सदस्य किशोर न्यौपाने र यम राई अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको सदस्य जानुका खनाललगायतको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।