Logo

२०८३, आश्विन १०गते


images
images

राज्यको ध्यान रुपन्देही क्षेत्र नं. १ मा खिच्न गठबन्धनलाई भोट : घनश्याम भुसाल

राज्यको ध्यान रुपन्देही क्षेत्र नं. १ मा खिच्न गठबन्धनलाई भोट : घनश्याम भुसाल

images
  • राज्यको ध्यान रुपन्देही क्षेत्र नं. १ मा खिच्न गठबन्धनलाई भोट : घनश्याम भुसाल
    फाईल फोटो
    images
    images

    रुपन्देही । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट उम्मेदवारी दिएका नेता घनश्याम भुसालले राज्यको ध्यान रुपन्देही क्षेत्र नं. १ खिच्न आफुले उम्मेदवारी दिएको बताएका छन् । देवदहमा गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेता भुसालले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेको रुपन्देही १ पुर्वाधार विकासमा पछाडि परेको बताए ।

    images
    images
    images

    देशले राजनीति परिवर्तनमा महत्त्वपूर्ण चरण पूरा गरेर विकास र समृद्धिको बाटोमा देश अगाडि बढ्नुपर्ने अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री रहँदा संविधानमाथि खेलवाड गरेर राजनीति दुर्गन्धित गरेको धारणा व्यक्त गरे । ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर असंवैधानिक काम गरेको उनको भनाइ थियो ।

    images
    images
    images

    आफ्नो मन्तब्यमा अधिकांश समय नेकपा एमाले र अध्यक्ष ओलीको बारेमा बोलेका भुसालले ओलीले नेपालको राजनीति मैलाएको र उनले गरेको फोहोरलाई सफा गर्न युवा पुस्ता लाग्नुपर्ने बताए । 

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै गठबन्धन तर्फका रुपन्देही क्षेत्र नम्बर १ प्रदेश खका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्वमन्त्री अब्दुल रज्जाकले संविधान र लोकतन्त्र रक्षाका लागि बनेको गठबन्धन निर्वाचनमा पनि कायम रहेको उल्लेख गरे । बिगतको ५ वर्षमा क्षेत्रको बिकासमा देखिने गरि केही काम हुन नसकेको दाबी गर्दै उनले गठबन्धनको जितले लोकतन्त्र र सविधानको रक्षा हुने मुलुकको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भनाई व्यक्त गरे ।

    त्यस्तै गठबन्धनबाट क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार नेता विश्वनाथ यादवले गठबन्धनले चुनाव जितेमात्र देशको समग्र बिकास सम्भव बुने बताउँदै क्षेत्रमा रहेको सुकुम्बासी समस्या पनि गठबन्धनको जितले मात्र समाधान हुने दाबी गरे । आफू धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने भएको दाबी गर्दै उनले आगामी चुनावमा गठबन्धनले बिजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रम समापन गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा निर्वाचन प्रसार प्रचार एवं परिचालन मूल समितिका संयोजक हिरा बहादुर खत्रीले गठबन्धन देशको आवश्यकता रहेको औंल्याउँदै गठबन्धनको बिजयका लागि एकताबद्ध भएर लाग्न गठबन्धनका सबै दलका कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।