Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्छ: मेयर आचार्य  

पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्छ: मेयर आचार्य  

images
  • पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्छ: मेयर आचार्य  
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । पर्यटनको राजधानी घोषणा गर्न पोखरा महानगरपालिकाले संघ सरकारलाई आग्रह गरेको थियो । 
    पाँच वर्ष अघि महानगरले निर्णय गरेको हो ।  

    images
    images
    images

    गण्डकी प्रदेश सरकारले दुई पटक पहल गर्दा पनि संघ सरकारको ध्यानाकर्षण भएको छैन् 
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गरे पनि अहिलेसम्म थाँती रहेको छ । आचार्यले भने, ‘पोखरालाई केन्द्रमा राखेर हामी आफै  काम गर्छौं ।’ उनले पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ को उद्घाटन गर्दै उक्त उद्घोष गरेका हुन् । आचार्यले भने ‘कसैले माने पनि नमाने पनि पोखरा पर्यटनको राजधानी नै हो ।’ पर्यटन उद्योगका लागि चाहिने जनशक्ति जनप्रिय बहुमुखी क्याम्पसले उत्पादन गर्नु सह्रानीय भएको बताए । पोखरालाई मुक्ति क्षेत्रको प्रवेशद्वार बनाउन प्रतिवद्ध रहेको जनाए । 

    images
    images
    images

    कार्यक्रमका प्रमुख वक्ता प्राडा रमेशराज कुँवरले ‘नेपालको पर्यटन हिजो, आज र भोलि विषयमा प्रस्तुति राख्दै नेपाल मै पहिलो पटक पर्वतीय पर्यटनको अध्ययन अध्यापन गराएको जनप्रिय क्याम्पसको प्रशंसा गरेरै नसकिने बताए । कुवँरले स्वायत्त पाठ्यक्रम विकासका लागि आफूले पहल गरको जानकारी दिए । नेपालको पर्यटनमा महाभूकम्प र कोरोना कहरले धक्का लागे पनि दीगो पर्यटनका लागि शिक्षित र दक्षजनशक्ति आवश्यक रहेको औंल्याउँदै भविष्यका कर्णधार पर्यटनका विद्यार्थी रहेको घोषणा गरे ।

    images
    images
    images

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले ‘नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावना’लाई सार्थक बनाउने उपायबारे प्रस्तुति राखेका थिए । रेग्मीले  वार्षिक ४ सय जनशक्ति पर्यटन क्षेत्रका लागि तयार भए पनि पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग ख्टकिएको जनाए । पर्यटनका लागि बनाउनु भन्दा पनि नभत्कानु काफी हुने तर्क राखे । हिमालसँगै नयाँ प्रोडक्ट पनि सेल गर्नु आवश्यक रहेको रेग्मीको धारणा थियो । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले ‘नेपालको पर्वतीय पर्यटन’ विषयमा प्रस्तुति राख्दै पर्यटन पढेका दक्ष जनशक्ति होटल, बार, रेस्टुरेन्टका लागि मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई चाहिने हुँदा पर्वतीय पर्यटनको पढाइले योगदान दिने विश्वास गरे । 

    गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनसँग सम्बन्धित संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एकै ठाउँमा राखेर मिटको आयोजना गरिएको थियो । स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबिच छलफल गरी समस्या र सम्भावनाको खोजी गरिएको थियो । 

    गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे प्यानल छलफलमा पर्यटन शिक्षण गर्दै आएका डा.रामजी शर्मा, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारी, बाराही गु्रपका निर्देशक वैभव पौडेल, पोखरा ग्रान्डका महाप्रबन्धक पञ्चलम लामा सहभागी प्यानल छलफलको सहजीकरण दीपेन्द्र पहारीले गरेका थिए । 

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, डा. ध्रुवराज पोखरेल लगायतका वक्ताले टिप्पणी गरेका थिए । एमविए इन हस्पिटालिटी र विएमटिमको पाठ्यक्रमका बारेमा नेत्रप्रसाद सुवेदी र मेखराज पौडेलले जानकारी प्रस्तुत गरेका थिए । अध्ययन सकेका प्रेम गिरी र विष्णुहरि तिमिल्सिनाले आफ्ना ४ वर्ष अध्ययनको अनुभव आदानप्रदान गरे । 

    विएमटिमका विद्यार्थीले साँस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा  ‘जर्नल अफ टुरिजम एण्ड एडभेन्चर’ को पाँचौं अंक लोकार्पण गरिएको थियो । 

    जनप्रिय बहुमुखी क्याम्पसको आयोजना र पोखरा पर्यटन परिषद्को सहआयोजनामा सम्पन्न कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन पोखरा र पर्यटन मन्त्रालय गण्डकी प्रदेशले सघाएको थियो । कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका १२ कक्षा सकेका विद्यार्थी, विद्यालय, क्याम्पस सञ्चालक र विज्ञ गरी ३ सय ७७ को सहभागिता रहेको क्याम्पप प्रमुख भण्डारीले जानकारी दिए । 

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य ध्रुवराज चालिसेले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस प्रंमुख लोकराज भण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन डा. भावना पोखरेलले गरेकी थिइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।