राजेश पराजुली, पोखरा । स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले बिगत ४ वर्ष देखि संचालन गर्दै आएको ुसबैका लागि पढाई कार्यक्रमको समयावधि सकिएको जनाएको छ संस्थाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, यूएसएआईडी, ह्याण्डीक्याप इन्टरनेसनल र वल्र्ड एजुकेशनको सहयोगमा कास्कीका सबै पालिकामा बालबालिकाका लागि अपांगता समावेशी शिक्षाको कार्यक्रम संचालन गरेको थियो ।
कार्यक्रमले अपाङ्गता समावेशी शिक्षाको संवैधानिक र नीतिगत प्रतिवद्धताहरु कार्यान्वयन गर्नका लागि संघीय, प्रदेश र स्थानिय तहमा संस्थागत क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।अपांगता भएका बालबालिकाहरुको शिक्षामा पहुँच, सहभागिता र सिकाई उपलव्धिको हिसाबले सबैभन्दा सीमान्तकृत समूहमा रहेका छन् ।
यसमा पनि ग्रामिण क्षेत्रमा रहेका अपांगता भएका बालबालिकाहरुको पढाई सिकाई कम रहेको छ । अब स्थानिय सरकारले त्यसको परिपूरणको काम गर्नुपर्ने देखिएको छ ।
विद्यार्थीको कार्यगत सीमितताको पहिचान गरी शारिरीक कठिनाई र अवरोधहरुको उचित व्यवस्थापन र सहजिकरण गरेको खण्डमा उनीहरुको पठानपाठनको सीपमा सुधार ल्याउन सकिने जनाईएको छ ।
स्वाबलम्बन जीवनपद्धतिका अध्यक्ष हेम बहादुर गुरुङले अपांगता भएका बालबालिकाको तथ्यांकमा सुधार ल्याउने, पढाइ तथा सीप सुधारका लागि गुणस्तरीय प्रशिक्षण्, संस्थागत र प्राविधिक क्षमता बढाउन सहयोगि भएको बताए ।
संस्थाले कास्कीमा ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम, प्रध्यानापकहरुलाई २ दिन तालिम, कक्षागत शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु विद्यालय स्तरमा १ दिने अभिमुखिकरण गरेको गुरुङले जानकारी दिए ।
संस्थामा सो समयमा शैक्षिक योजनाको प्रवर्धन र प्रयोगमा सहयोग गरेको, प्रारम्भिक पहिचान र रेफरल, गाउँपालिका र महानगरपालिकाको क्षमता अभिवृद्धि, निरन्तर प्राविधिक सहयोग, श्रोत शिक्षकलाई तालिम र कास्कीका श्रोत कक्षाहरुमा शैक्षिक सामग्रीहरु प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्मका बालबालिकाहरुको सिकाईका लागि सहयोगि भएको बताईएको छ।यसैबीच स्वाबम्बन जीवनपद्धति केन्द्र पोखराले बुधबार पोखरा महानगरपालिकाको सभाहलमा परियोजना समापन कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेयर धनराज आचार्यले आपांगता भएकाहरुको लागि महानगरपालिका सधैं साथमा रहेको बताए । पूरानो संरचना भएपनि महानगरको आगनमै रहेको हेल्लो मेयरको सभाकक्ष आपांगतामैत्री बनाईएको बताउँदै आफु अपांगता भएकाहरुको हर कार्यमा साथ दिन तयार रहेको बताए ।आचार्यले केहि समय अगाडी एउटा गाडी पनि उपलव्ध गराएको जानकारी दिदैं भविष्यमा महानगर साथमै रहने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा पोखरा महानगरपालिका तथा सबै पालिकाका शिक्षा शाखा प्रमुखलाई मेयर आचार्यले सम्मान पत्र प्रदान गरेका थिए ।
साथै स्वालम्बन केन्द्रले सृजना बहिरा माविका लागि ल्याएका ४० वटा ट्याबलेट शिक्षीका आराधना सुवेदीलाई हस्तान्तरण गरे ।स्वावलम्बन जीवपद्धतीका अध्यक्ष हेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा सहभागिलाई महासचिव अञ्जना केसीले स्वागत गरेकी थिईन । संचालन दिलमाया गुरुङले गरेकी थिईन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology