Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा महानगरले दियो विशेष बिदा

राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा महानगरले दियो विशेष बिदा

images
  • राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा महानगरले दियो विशेष बिदा
    images
    images

    राजेश पराजुली, पोखरा  । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को समापन समारोहमा सहभागीताका लागि आह्वान गर्दै पोखरा महानगरपालिकाले बिहीबार आधा दिन विशेष बिदा दिने भएको छ । राष्ट्रिय खेलकुदको महामहोत्सव पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा हर्षोल्लासका साथ सम्पन्न हुन गइरहेको भन्दै समापन समारोहमा सहभागी हुन अनुरोध सहित आफ्ना मातहतका सम्पूर्ण कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा दिउँसो १ बजेपछि बिदा दिएको हो । 

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्ले आवश्यक समन्वय नगर्दा दर्शकहरूको उपस्थिति न्यून भएका कारण समापन समारोहमा भने आफूहरूले त्यसो हुन नदिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । ‘मुलुक कै ठुलो महानगरपालिकामा राष्ट्रिय खेलकुदको यति ठुलो इभेन्ट हुँदा पनि होस्ट सिटीसँग आवश्यक समन्वय नगर्नु चिन्ताको विषय हो, उनले भने, जसको परिणाम प्रतियोगिताको उद्घाटनमा देखियो, तर समापनमा भने आफूहरूले यसलाई सभ्य र भव्य बनाउने आफूहरूको दायित्व सम्झँदै महानगरका सम्पूर्ण कार्यालयहरूमा आधा दिन बिदा दिएर भए पनि समारोहमा सहभागी हुन आह्वान गरेका छौँ ।’ उ दर्शकहरूको कमजोर उपस्थितिका कारण उद्घाटन जस्तो खल्लो समापन समारोह नहुनेमा आफू विश्वस्त रहेको उनले बताए । 
    ‘मुख्य आयोजना स्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडाहरूमा रहेका खेलमैदानहरूमा प्रमुख खेलहरू सञ्चालन भइरहेका छन्, त्यहाँ पनि महानगरको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गरिएको छ, उनले , ‘यति ठुलो इभेन्ट पोखराको आँगनमा हुनु सिङ्गो पोखरा महानगरपालिका र पोखरेलीहरूका लागि गौरवको विषय हो ।’ असोज २८ गते सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ ज्युले उद्घाटन गर्नुभएको प्रतियोगिता यही कार्तिक ३ गते बिहीबार सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा को समुपस्थितमा समापन गरिदैँछ । 

    images
    images
    images


    ‘उक्त समारोहमा आमनगरवासीहरुको उल्लेखनीय सहभागिता रहने कुरामा पोखरा महानगरपालिका विश्वस्त रहेको छ । महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘यसै सन्दर्भमा पोखरा महानगरपालिकाका महाशाखा तथा शाखाहरू, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीहरुमा कार्तिक ३ गते बिहीबार दिउँसो १ बजेपछि विशेष बिदा दिइएको ब्यहोरा अनुरोध गरिन्छ ।’

    images
    images
    images

    प्रतियोगिताको समापन समारोहमा सहभागी हुनुपुर्व नयाँ बजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा भेला आह्वान गरिएको छ । प्रदर्शनी केन्द्रमा भेला हुनेहरूलाई महानगरपालिकाको तर्फबाट प्रवेश पास उपलब्ध गराइने छ । त्यस लगत्तै रङ्गशालामा जाने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।