Logo

२०८३, आश्विन ११गते


images
images

'गुल्मीका उम्मेदवार जिताउन रुपन्देहीवासी गुल्मेलीले अभियान चलाउने' 

'गुल्मीका उम्मेदवार जिताउन रुपन्देहीवासी गुल्मेलीले अभियान चलाउने' 

images
  • 'गुल्मीका उम्मेदवार जिताउन रुपन्देहीवासी गुल्मेलीले अभियान चलाउने' 
    images
    images

    बुटवल । गुल्मीका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन रुपन्देहीबासी गुल्मेलिहरुले अभियान चलाउने भएका छन  ।  पेशा, ब्यावसाय, रोजगारी तथा अध्ययनको सिलसिलामा रुपन्देही जिल्लामा बसोबास गर्ने गुल्मेलीहरुले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाइ बिजयी बनाउन अभियान नै चलाउन लागेका बताएका छन् । 

    images
    images
    images

    शनिवार तिलोत्तमाको योगिकुटिमा बसेको प्रतिनिधिमुलक भेलाले  क्षेत्रगत बृहत भेला राखि योजना बनाएर कार्यन्वयन गर्ने  निर्णय भएको  गुल्मी -रुपन्देही सम्पर्क समन्वय समितिको अध्यक्ष माधव भण्डारीले जानकारी दिए । 

    images
    images
    images

    "बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन रुपन्देहीबासी गुल्मेलिहरु आतुर हुनुहुन्छ।" उनले भने - "आफ्नो पेशा ब्यावसाय, काम नै थाति राखेर निर्वाचन क्षेत्रमा खटन चाहनु भएको छ ।" 

    images
    images
    images

    भेलामा सहभागीले स्थानीय तहको चुनाबको समिक्षा गरि जित सुनिश्चित भएको र केहि  तयारी गरे भारी मताअन्तरले ४ मंसिरको चुनाव जित्ने निष्कर्श पनि निकालेका थिए । 

    भेलामा पुर्ब जनप्रतिनिधि तथा नेपाली कांग्रेसका नेता  कर्ण बहादुर कार्कीले  अहिले गठबन्धनका उम्मेदवारले जित्ने अवसर प्रचुर रहेको बताउदै जिताउनुको विकल्प नभएको बताए । भेलामा ब्यावसायि धातानन्द कडेल, देबि प्रसाद भण्डारी, थानेस्वर भण्डारी,  खिमानन्द भण्डारी, उमा ढकाल,   नेपाली कांग्रेस  गुल्मी सत्यवति - रुपन्देही तराई सम्पर्क समितिका सभापति निर्मल भण्डारी  सचीव अर्जुन ज्ञवाली,  सम्पर्क समितिका सचिव फटिक तरामु लगायतले आ आफ्नो धारणा राखेका थिए । 

    गुल्मी निर्वाचन १ का मतदाता मात्रै  रुपन्देहीमा बसोबास गर्न  ५/७ हजार रहेको अनुमान छ । गुल्मी १ मा बाम लोकतान्त्रिक गठबन्दनबाट  प्रतिनिधि सभा सदस्य पदको लागी  डा. चन्द्र भण्डारी, प्रदेश १(१)मा सुदर्शन बराल, र  १(२)मा धनेन्द्र कार्की  रहेका छन । त्यसैगरि निर्वाचन क्षेत्र  २ प्रतिनिधि शभा पदको लागि रामकुमारी झाँक्री २(१)  भुवन प्रसाद श्रेष्ठ   र २(२) मा बुद्धि जिसि उम्मेदवार रहेका छ्न ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।