कृष्ण अन्जान, बुटवल । नेकपा (एमाले) निकट रुपन्देही सम्पर्क मञ्चको विस्तारित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकले गुल्मीमा उम्मेदवारी दिएका एमाले उम्मेदवारहरूलाई जिताउने प्रतिबद्धता गरेको मंचका अध्यक्ष हेम बहादुर थापाले बताए ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटव्युरो सदस्य लिला गिरीले अहिलेको सत्ता गठबन्धनले देश अस्थिरता तर्फ लगेको बताउँदै देशकाे अर्थतन्त्र ओरालो लागेकाे बताए । गिरीले आगामी मंसिर ४ गतेको चुनाव राष्ट्रियताको पक्षधर एमाले र राष्ट्रियता बिरोधि सत्ता गठबन्धन बिच हुने, यहीँ चुनाव देशको भविष्यको मार्ग चित्र कोर्ने बताए ।
विस्तारित बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमाले तर्फका गुल्मी क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य उम्मेदवार फर्सुराम पाण्डेले राष्ट्र निर्माण गर्ने नीति अंगाल्ने नेकपा एमालेको पक्षमा देशभर माहोल सिर्जना भएको बताउँदै पाण्डेले एमालेको ०५१ सालको ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने नीतिको प्रतिविम्ब स्वरुप गाउँ गाउँमा विकासको लहर चलेको दावी गरे ।
बैठकमा निवर्तमान प्रदेसभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य खड्क केसीले आफुले भोगेको चुनाव र अब गर्नुपर्ने कार्यबारे आफ्नो धारणा राखेका थिए ।
बैठकमा मञ्चका अध्यक्ष हेम बहादुर थापा तथा नेताहरू दिपक ज्ञवाली, पुरुषोत्तम पाण्डे, माधव ज्ञवाली, लक्ष्मी पाण्डे, पवन हभट्टराई, मनोज गौतम, राज शाह, हपदम अर्याल लगायतले आ-आफ्नो क्षेत्रबाट गर्न सकिने भूमिका र सो भूमिका सम्बन्धि प्रतिबद्धता पेश गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology