Logo

२०८३, श्रावण २७गते


images
images

भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु

भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु
    images
    images

     २२ चैत्र, एजेन्सी । भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    images
    images
    images

    शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए । २२ सुरक्षाकर्मीको शव भेटिएको विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डीजी अशोक जुनेजाले बीबीसीले बताए ।

    images
    images
    images

    उनका अनुसार माओवादीले आफ्ना घाइते साथीहरुलाई तीन वटा ट्याक्टरमा लगेका थिए । तर माओवादीतर्फ भएको क्षतिको यकिन विवरण भने नआइसकेको उनले बताए ।

    images
    images
    images

    पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको शनिबारको आक्रमणका घटनाप्रति गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन् ।उनले देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।