Logo

२०८३, आश्विन ११गते


images
images

'एग्रो आर्मी' बनाएर बेरोजगारी समस्या समाधान समाधान गर्छु: पाण्डे

'एग्रो आर्मी' बनाएर बेरोजगारी समस्या समाधान समाधान गर्छु: पाण्डे

images
  • 'एग्रो आर्मी' बनाएर बेरोजगारी समस्या समाधान समाधान गर्छु: पाण्डे
    images
    images

    गुल्मी । गुल्मी जिल्ला निर्वाचन क्षेत्र  नं. १ प्रदेश ख बाट नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले गुल्मीको विकास नयाँ भिजनका साथ गर्ने प्रतिवद्धता जनाएका छन  । उनले  अहिलेसम्म परम्परागत रुपमा भैरहेको विकासले गुल्मीको आमूल परिवर्तन हुन नसकेको भन्दै आफू निर्वाचित भएपछि गुल्मीको विकासले नयाँ स्वरुप पाउने प्रतिवद्धता जनाए ।

    images
    images
    images

    गुल्मीको मूख्य समस्या यहाँको बेरोजगारी रहेको बताउँदै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोड्न ‘एग्रो आर्मी’ को परिकल्पना अनुसार अघि बढ्ने बताए ।

    images
    images
    images

    गुल्मी निर्वाचन क्षेत्र नं. १ ख अन्तर्गत छत्रकोट गाउँपालिकाको पल्लीकोट, हुँगा, बलेटक्सार लगायतका क्षेत्रमा घरदैलो गर्दै पाण्डेले मतदातासमक्ष कृषिमा आमूल परिवर्तन ल्याउन आर्मीको संरचना जस्तै युवाहरुको अलग कृषि बटालियन खडा गरेर कृषिमा आमूल परिवर्तन ल्याउने उदघाेष गरे । ‘ग्रामिण विकासको आधारः उत्पादन र बजार’ भन्ने नाराका साथ कृषिलाई उत्पादनसंग जोड्ने गरि प्रत्येक पालिकाका एक एकवटा उद्योगहरु स्थापना गर्ने प्रतिवद्धता जनाए ।

    images
    images
    images

    मतदाताहरुसंग पाण्डेले अव विगतमा जस्तो भोट माग्न आउने र जितेपछि फर्केर नआउने विगतको परम्परा तोडिने विश्वास दिलाउँदै प्रत्येक घरका एकजनालाई रोजगारीमा जोडेरै छाड्ने उल्लेख गरे  । ग्रामिण बेरोजगारी अन्त्य आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट गर्दै पाण्डेले अव युवाहरुलाई रोजगारीमा जोडेर गुल्मीको सम्मृद्धिमा योगदान दिने जिकिर गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।