Logo

२०८३, आश्विन १२गते


images
images

संसद् भत्काउने एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

संसद् भत्काउने एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी

images
  • संसद् भत्काउने एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : अध्यक्ष केसी
    images
    images

    बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमबार बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने बताएका हुन् । 

    images
    images
    images

    सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे ।

    images
    images
    images

    'एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटक-पटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्,' अध्यक्ष केसीले भने, 'गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।'
    आगामी निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उनको भनाइ छ । प्रतिगमनविरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ । 

    images
    images
    images

    नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसद्मा आवाज उठाउन चुनावमा होमिएको उनको दाबी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।