Logo

२०८३, आश्विन १२गते


images
images

संसद विघटनको विरोध

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधान मिचियो : केसी

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधान मिचियो : केसी

images
  • सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधान मिचियो : केसी
    images
    images

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद बाहिरबाट अन्तरिम सरकार गठन गरेको र संसद विघटन गरेको भन्दै विरोध जनाएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिचिएको भन्दै विरोध जनाएका हुन् ।

    images
    images
    images

    केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'राष्ट्रपतिद्वारा सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकार संसद बाहिरबाट गठन गरेको हुनाले राष्ट्रपतिको उक्त कार्यको हामीले विरोध गर्दछौँ । सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानलाई मिच्ने काम भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो काम प्रतिनिधिसभालाई भङ्ग गर्ने भएको छ । हामीले प्रतिनिधिसभालाई विघटन गर्ने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको निर्णयलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ ।’

    images
    images
    images

    यस घटनालाइ जनमोर्चाले लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको ठहर गरेको छ । जनमोर्चाले जेनजी आन्दोलनका अगुवाहरूले संसदको विघटनलाई बनाएको पूर्वशर्त गलत भएको भन्दै उनीहरूका गलत मागमा राष्ट्रपतिले अडान लिन नसकेको आरोप लगाएको छ । जनमोर्चाले संसदको विघटन नेपाली जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भन्दै जेनजी आन्दोलनलाई आफ्नो प्रतिगामी उद्देश्यका पक्षमा लैजान राजावादीहरूले पूरा शक्ति लगाएको र त्यसमा उनीहरू पूरा सफल हुन नसकेको बताएको छ ।

    images
    images
    images

    संसद बाहिरबाट अन्तरिम सरकारको गठन र संसदको विघटनबाट प्रतिगामी शक्तिहरूलाई मद्दत पुग्न नपाओस् भन्दै जनमोर्चाले त्यसतर्फ गणतन्त्रका पक्षधर सम्पूर्ण राजनीतिक दलहरूको ध्यानाकर्षण गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।