Logo

२०८३, आश्विन ११गते


images
images

पर्यटन

फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन

फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन

images
  • फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
    images
    images

    पोखरा । फेवातालमा हुन सक्ने जल दुर्घटनामा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    सशस्त्र प्रहरीले असोज ११ गतेदेखि उक्त बोट सञ्चालनमा ल्याएको हो । फेवातालमा हुने पानीजन्य घटनामा तत्काल खोज तथा उद्धार गर्न सहयोग पुग्ने उद्देश्यले जेट स्की बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    images
    images
    images

    तीन सिट क्षमताको जेट स्की बोटले प्रतिघण्टा करिब १ सय ५ किलोमिटर दूरी पार गर्न सक्ने क्षमता रहेको छ । त्यस्तै, यो बोट लगातार ६ देखि ७ घण्टासम्म सञ्चालन गर्न सकिने जनाइएको छ । फेवातालमा पर्यटकीय गतिविधि तथा जल यात्राका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले २०६९ सालदेखि ‘फेवा वाच एन्ड रेस्क्यू टावर’ स्थापना गरी निरन्तर खोज तथा उद्धार सेवा प्रदान गर्दै आएको छ ।

    images
    images
    images

    उक्त टावरमार्फत परिचालित सशस्त्र प्रहरीका उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५८८ जनाको जीवितै उद्धार गरिसकेका छन् । त्यस्तै, ५३ जनाको शवसमेत फेवातालबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    उच्च गतिको जेट स्की बोटको प्रयोगबाट फेवातालमा हुने आपत्कालीन उद्धार कार्यलाई अझ छिटो, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास सशस्त्र प्रहरीले लिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल
  • # बोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।