Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

images
  • फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार
    images
    images

    काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका-६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको चैत्र २२ गते दिउँसो करीव सवा ४ बजे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images
    images
    images

    अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरु सो तालको बीच भागमा फसेका थिए । उनीहरु  तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

    images
    images
    images

    उद्धार गरिएकाहरुमा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ बस्ने १९ वर्षिय सागर भुजेल, २० वर्षिय सुमन चौधरी, पोखरा महानगरपालिका-३३ बागमारा बस्ने २१ वर्षिया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण-३ बाग्लुङ बस्ने २१ वर्षिया सन्जिता पुन, २० वर्षिया सुमिना तामाङ, २२ वर्षिया सुष्मा पुन, २० वर्षिया संजिता मगर, १९ वर्षिया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षिय आयान, २८ वर्षिय अश्लाम र २६ वर्षिय स्याडब रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।