काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुदैछन् । आजको पहिलो खेलमा साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्स आमने सामने हुदैछन् ।
यस खेलमा कर्णाली याक्सले टस जितेको छ । कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै चितवन राइनोजले पहिला बलिङ गर्ने भएको छ ।
चितवन प्लेअफमा पुगिसकेकाले यस खेलको नतिजाले उसको अवस्थामा खासै सुधार आउने देखिदैन । यो खेल जितेपनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भएको छ । त्यस्तै कर्णाली याक्सले भने यस सिजनमा ६ खेलमा केबल २ जित मात्र जितेपछि प्लेअफबाट बाहिरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology