Logo

२०८३, आश्विन ११गते


images
images

झुठो आश्वासन दिदैनौं, जनप्रतिनिधीको गर्नैपर्ने काम गर्छौं:  पछाई 

झुठो आश्वासन दिदैनौं, जनप्रतिनिधीको गर्नैपर्ने काम गर्छौं:  पछाई 

images
  • सेतोमसी सहकर्मी
  • झुठो आश्वासन दिदैनौं, जनप्रतिनिधीको गर्नैपर्ने काम गर्छौं:  पछाई 
    images
    images

    धुर्ब लामिछाने, देवदह। आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चुनावी अभियान तिब्र रुपमा अगाडि बढेसँगै रुपन्देही क्षेत्र नं १ मा सभापति रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उममेदवार बनेका नरेश बहादुर पछाई अहिले घरदैलोमा व्यस्त छन्। 

    images
    images
    images

    मतदाताको गुनासो सुन्दै र सुझाव संकलन गर्दै निर्वाचन प्रचारमा लागेका पछाईंले आफूले जनतालाई झुठो आश्वासन नदिने र जनप्रतिनिधीको रूपमा गर्नैपर्ने काम गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

    images
    images
    images

    देशका ठूला पार्टी भन्नेहरुले गर्दा नै देशको आर्थिक अवस्था सुधार्न नसकिएको अवस्थामा अब नयाँ पुस्ताले यसको जवाफ काम गरेर दिने पछाईको भनाई छ।  

    images
    images
    images

    घर दैलो कार्यक्रममा व्यस्त रहेका पछाईले भने अब देश बनाउने र बिगार्ने मतदाताको हातमा रहेकोले सहि व्यक्ति छान्न अनुरोध गर्दै आएका छन् ।

    को हुन् पछाई ?

    पछाईको जन्म २०३१ चैत्र २८ मा साविक मक्रहर गा.वि.स. वडा नम्बर ५ मक्रहरमा भएको हो । बुवा टेक बहादुर पछाई र आमा उदय लक्ष्मी पछाईको गर्भबाट कान्छो छोराको रूपमा जन्म लिएका पछाईको बाल्यकाल गरिबीको चपेटामा यहीँ ठाउँको हिलो, माटो, धुलो, धुवाँ खाँदै बित्यो । शैक्षिक योग्यता बि. कम. र पेसाले कृषिकार्यमा लामो समयसम्मको अनुभव बटुलेका पछाई विगत ८/१० वर्ष देखि व्यापारको सिलसिलामा काठमाडौंमा रहँदै आएका थिए। समाज सेवामा थुप्रै सामाजिक कार्यहरु गर्दै आएका पछाई विभिन्न संघसंस्थामा समेत आबद्ध रहेका छन् । बाटो, पुल, स्कुल, अस्पताल निर्माणका काममा विषेश भुमिकामा रहि काम गर्दै आएका पछाई मानव जीवनमा प्रत्यक्ष सहभागी भई समाजमा हुने धेरै खालका कुरिती र कुसंस्कार तथा सामाजिक समस्याका बारेमा छलफल गराई समस्या समाधानका लागि अग्रणी भुमिका निभाई 
    काम गर्दै आएका छन्। 

    पछाईको पारिवारिक अवस्था हेर्दा उनी एक  मध्यम वर्गिय परिवार भित्र पर्दछन्। गास, बास र कपासको जोहो गर्न पुग्ने सम्पत्ति रहेकोले म र मेरो परिवारले कसैको मुख ताक्नुपर्ने अवश्था नरहेको पछाई बताउँछन्।

    विपना कार्कीसंग वैवाहिक सम्बन्धमा बाधिए संगै १९ वर्षको लामो समय बितेको पछाई दम्पतीको एउटी छोरी छिन्। एउटा सामान्य किसानको छोरो र लामो समय देखि कृषि पेसालाई जिवन्त बनाई कुटो, कोदालो, हलोजुवा सङ् उनको गहिरो सम्बन्ध जोडिएको छ। साथै किसानका हरेक समस्या र समाधानका उपायहरू प्रसस्त रहेको र बाल्यावस्थामा धेरै दुःख, कष्ट, पिडाहरू झेल्दै अघि बढेका धेरै दुखान्तका कहानीहरू पछाईले भोग्दै आएका छन्। 

    यसरी आफ्नो सामान्य जीवनलाई "पुरानो कोट लगाउ नयाँ पुस्तक पढौं"  भन्ने स्लोकलाई आधार मानेर अघि बढेका पछाईको मुल उद्देश्य नै समाज रूपान्तरित र परिवर्तित हुनु नै पर्छ र समाजलाई समय परिवर्तन संगै आधारभूत निकास र विकास दिनु र विभेद रहित समाज निर्माण गर्नुपर्छ भन्दै उनी राजनैतिक जिवनमा प्रवेश गरेका हुन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।