Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ: उम्मेदवार बराल

कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ: उम्मेदवार बराल

images
  • कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ: उम्मेदवार बराल
    images
    images

    राजेश पराजुली, पोखरा । राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पु¥याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा कास्कीबासी छन् । 
    कास्कीमा कम स्थानीय तह हुँदा समस्या आएको नागरिकस्तरबाटै बताइने गरेको छ । तर यसलाई दलहरुले खासै चासो दिएको नपाइएपनि गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बरालले यो एजेण्डा उठाएका छन् ।

    images
    images
    images

    उनले आफू निर्वाचित भए कास्कीमा स्थानीय तह विभाजन गर्ने उद्घोष गर्दै शासन व्यवस्था अनुरुपको सेवा प्रवाह जनतामा पु¥याउने बताए । 
    पोखरा महानगरमा पछि थपिएका वडाको भूगोल ठूलो हुँदा सेवाग्राही समस्यामा रहेको भन्दै उनले पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउनुपर्ने उद्घोष गरे । 

    images
    images
    images

    राज्यको पुन संरचना जनताको घरदैलोमा सेवा दिन गरिएको उनले स्मरण गराएका छन् । ‘राज्यको पुनसंरचना जनतलाई घरदैलोमै सेवा दिन गरिएको हो’ उनले भने, ‘कास्कीमा स्थानीय तह कम हुँदा सुविधा लिन नै टाढा धाउनुपर्ने  बाध्यता छ । 

    images
    images
    images

    यस अगाडिका जनप्रतिनिधिले यस विषयमा जनताको आवाजलाई सुन्ने प्रयास गरेनन् । अब मलाई जनताले मत दिएर जिताउनुभयो भने दलहरुलाई कन्भिन्स गरेर कास्कीमा स्थानीय तह थप्नेछु । जनतालाई राज्य पुनसंरचना अनुरुपको सुविधा प्रदान गर्नुपर्छ । केन्द्रमा रहेर मैले यो एजेण्डा उठाउँदै पुरा गराई छाड्नेछु ।’

    उम्मेदवार बरालले पोखराको वडा नम्बर २१ को उदाहरण दिँदै त्यहाँका जनताले वडा ठूलो हुँदा र भेग नमिल्दा परेको अप्ठ्यारो आफूले गहिरोगरी महसुस गरेको बताए । 

    यस्तै समस्या ग्रामिण वडाले भोग्नु परेको उनले सुनाएका छन् । २१ नम्बर वडालाई दुई वटा वडामा विभाजित गर्नुपर्ने बताएका उनले पोखरा महानगरपालिकाबाट लेखनाथलाई छुट्याइनु पर्ने उद्घोष गरेका छन् ।  

    राज्य पुन संरचना गर्दा कास्कीमा जम्मा पाँच वटा स्थानीय तह बनाइएको छ । रुपा, मादी, माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिका छन् भने पोखरा महानगरपालिका रहेको छ । पोखरा महानगरपालिकाको क्षेत्रफल नै चार सय ६४.२५ बर्गकिलोमिटर रहेको छ । पोखरा महानगर देशकै सबैभन्दा धेरै क्षेत्रफल रहेको महानगर हो । 
    नेपाली कांग्रेस गण्डकीका सभापति शुक्राराज शर्माले कास्कीमा स्थानीय तह थोरै हुँदा सेवा प्रवाहमा समस्या आएको महसुस नगरिकस्तरबाटै भएको टिप्पणी गरे । उनले अन्यत्र थोरै जनसंख्या भएका जिल्लामा समेत धेरै पालिका रहेका तर कास्कीमा ठूलो जनसंख्या हुँदाहुँदैपनि थोरै पालिका हुँदा जनताले दुखपाएको कुरा गठबन्धनमा रहेका दलहरुले पनि महसुस गरेको विषयलाई उम्मेदवार बरालले उठाएको उनको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।