राहुल देव सापकोटा, देवदह। रोटर्याक्ट जिल्ला परिषद ३२९२ नेपाल भुटान जोन २२ को अध्यक्षमा सुनिल गिरी निर्वाचित भएका छन ।
रुपन्देहीको बुटवलमा अवस्थित रोटरी क्लव अफ बुटवल डाउनटाउनको सचिबालयमा आयोजित रोटर्याक्ट जिल्ला परिषद ३२९२ नेपाल भुटान क्षेत्र २२ को चौथो नियमित बैठक बाट गिरि अध्यक्षमा निर्वाचित भएका हुन । उक्त बैठकमा क्षेत्र २२ का अध्यक्षहरु , उपाध्यक्षहरु बोर्ड पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
क्षेत्र २२ का लागि बर्ष २०२३/२४ को अध्यक्षमा रोटर्याक्ट कलव अफ तिलोत्तमा देवदहका निबर्तवान अध्यक्ष सुनिल गिरी, रोटर्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीका उपाध्यक्ष दिवस खनाल र रोटर्याक्ट क्लव अफ बुटवल डाउनटाउनका बोर्ड सदस्य सन्दिप सुनारले उम्मेदवारी दिएका थिए।
तीन ओटै उम्मेदवार बिच सहमती हुन नसके पछी डाउनटाउनका उम्मेदवार सन्दिप सुनारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन। अध्यक्षका लागि भएको निर्वाचनमा गिरीले खनाललाइ पछी पार्दै रोटर्याक्ट जिल्ला परिषद ३२९२ नेपाल भुटानको जोन २२ को अध्यक्षमा निर्वाचित भएका हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology