कात्तिक । मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले नमुना निर्वाचन गरेका छन् ।
विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभई व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराई नमुना निर्वाचन बुधबार गरिएको हो ।
नेपाल समाजसेवी पार्टी र नेपाल प्रगतिशिल पार्टी बनाएर प्रतिनिधि सभा प्रदेश सभा सांसद र समानुपातिक सांसदका लागि निर्वाचन आयोगले तयार गरेको नमुना मतदानको चुनाव चिन्ह र ४ वटा मतपत्र तयार गरि निर्वाचनकै झल्को दिने गरि विद्यार्थीहरुले निर्वाचन सम्पन्न गरेका छन् ।
विद्यार्थीहरुले उमेदवारी दर्ता, घोषणा पत्र सार्वजनिक गर्ने, प्रचारप्रसार गर्ने लगाएतका कार्य सम्पन्न गरि मतदान प्रक्रिया शुरु गरेका थिए ।
दुई पार्टी मध्ये नेपाल समाजसेवी पार्टीले प्रतिनिधि सभातर्फ कक्षा ९ की छात्रा एन्जीला श्रेष्ठ र प्रदेश सभातर्फ कक्षा ८ का छात्र सुजल पौडेललाई उमेदवार बनाएको थियो भने नेपाल प्रगतिसिल पार्टीको नामबाट प्रतिनिधिसभातर्फ कक्षा ९ का छात्र आर्यन सुवेदी र प्रदेशसभातर्फ कक्षा ९ कै छात्रा मारियम थापालाई उमेदवार बनाएको थियो भने दुबै दल बाट प्रतिनिधि र प्रदेश सभाको समानुपातिक गरि ३–३ जना लाई उमेदवार बनाएका थिए । नमुना निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थीत बनाउनका लागि प्रमुख निर्वाचन अधिकृतको रुपमा शिक्षक सुरज वि.क. रहेका थिए भने मतदानका क्रममा अन्य शिक्षकहरुले सघाएका थिए ।
मतदान पश्चात् भएको मतगणनामा प्रतिनिधि सभातर्फ नेपाल समाजसेवी पार्टीको उमेदवार एन्जीला श्रेष्ठ र प्रदेश सभा तर्फ नेपाल प्रगतिसिल पार्टीको मरियाम थापा विजयी भएका थिए भने समानुपातिकतर्फ प्रगतिसील पार्टीबाट संघिय सभामा एक तथा प्रदेश सभामा पनि एकजना निर्वाचित भएका छन् भने समाजसेवी पार्टीबाट संघिय सभाका २ जना र प्रदेश सभामा पनि २ जना निर्वाचित भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology