Logo

२०८३, आश्विन ९गते


images
images

एसियाली खेलकुद

एसियाली खेलकुद : नेपालद्धारा अफगानिस्तान ५ विकेटले पराजित

एसियाली खेलकुद : नेपालद्धारा अफगानिस्तान ५ विकेटले पराजित

images
  • एसियाली खेलकुद : नेपालद्धारा अफगानिस्तान ५ विकेटले पराजित
    images
    images

    काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा सन्दीप जोराले सर्बाधिक ३४ रन बनाएका थिए भने रोहित पौडेलले अविजित ३३ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १०२ रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नाजिबुल्लाह जद्रानले ३०-३० रन बनाएका थिए  । त्यसैगरी नानगेयालिया खानले अविजित १७ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै नेपाली बलर कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए  । अब नेपालले शनिबार जापानसँग खेल्ने तालिका छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।