राहुल देव सापकोटा, देवदह । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा क्याम्पसले विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १२ का विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले सगरमाथा कलेज बहुप्रतिभाको कलेज रहेको उल्लेख गर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस क्षेत्र कै नमुना कलेज भएको बताए ।
सोही क्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीमा किताबी अध्ययन मात्र नभएर व्यवहारिक अध्ययन पनि हुन आवश्यक रहेको र ती कुराहरु विद्यार्थीले सगरमाथा कलेजबाट प्राप्त गर्ने दावी गरे ।
कार्यक्रममा कलेज संचालक समिति सदस्य डिल्लीराज मरासिनी, सहायक प्राचार्य प्रदिप अधिकारी, देवदह बोर्डिङका प्राचार्य विष्णुप्रसाद पौडेल, कक्षा १२ कि विद्यार्थी सन्तोषी सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रम कक्षा १२ कि विद्यार्थी भावना क्षेत्रीको अध्यक्षता तथा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरु सृष्टि बिश्वकर्मा र तुल बहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology