Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरामा पर्यटन विकासमार्फत जीविकोपार्जन सुधार परियोजना

पोखरामा पर्यटन विकासमार्फत जीविकोपार्जन सुधार परियोजना

images
  • पोखरामा पर्यटन विकासमार्फत जीविकोपार्जन सुधार परियोजना
    images
    images

    राजेश पराजुली, पोखरा । पोखराको पर्यटनलाई जीविकोपार्जनसँग जोड्न छनोट भएका परियोजनामाथि पोखरामा सरोकारवालाबीच छलफल गरी सुझाव संकालन गरिएको छ ।
    एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन हुने क्षेत्रीय सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार कार्यक्रम परियोजना अन्तर्गत पोखरा महानगरपालिकामा कार्यन्वयन हुने परियोजना छनोटका लागि महानगरले सरोकारवालाबीच छलफल कार्यक्रम गरीसुझाव लिएको हो ।

    images
    images
    images

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहरी विकास र वातावरण सन्तुलन कायम गरी नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रमले पोखराको पर्यटन विकासमा पनि उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सञ्चालित यस कार्यक्रम महानगरले कार्यान्वयन गर्ने जिम्मेवारी पाएको जानकारी दिँदै उनले प्राकृतिकमैत्री हरित विकासबाट पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सकिने र त्यसका लागि पोखरा उत्कृष्ट रहेको बताए ।

    images
    images
    images

    पोखरालाई पर्यटकीय राजधानी बनाउन सबैको साझा सोच र विकासप्रतिको सकारात्मक धारणा जरुरी रहेको उल्लेख गर्दै प्रमुख आचार्यले पोखराको प्राकृतिक सुन्दरतामा असरपर्ने कार्यलाई निरुत्साहित गर्दै कार्यक्रम अगाडि बढाइने बताए । उनले महानगरको नीतिमै ग्रीन सिटीलाई जोड दिएकाले परियोजना पनि त्यही अनुकूल सञ्चालन हुनेमा जोड दिए ।

    रुपान्तरणकारी परियोजना छनोट गर्न आइसिएफ इन्टरनेशनल नामक संस्थामार्फत् अध्ययन भइसकेको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्ददेव भारतीले जानकारी दिए ।उनका अनुसार अध्ययनबाट पहिलो चरणमा छनोट भएका १९ परियोजनामाथि विभिन्न क्षेत्रका सरोकारवालाबीच आवश्यक छलफल र थप सुधारका लागि सुझाव लिइएको हो ।

    एडिबीले नेपालको आठ वटा नगरपालिकामा प्रकृतिलाई जीवनयापनसँग जोड्नका लागि करिब पाँच अर्ब रकम ऋण सहयोग गर्न लागेको र त्यसका लागि प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा उत्कृष्ट सहरका रुपमा रहेको दिगो पर्यटन विकास कार्ययोजनाका टोली प्रमुख रिपिन कार्लाले बताए ।

    कार्लाका अनुसार यो परियोजना सन् २०२४ बाट शुरु हुनेछ भने पाँच वर्षभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ । पोखराका मानिसहरु प्रकृतिप्रेमी भएको र यस परियोजनाले वातावरण जोगाएर जीविकोपार्जन कार्यक्रम सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा महानगरपालिका जनप्रतिनिधि, कर्मचारी, विषय विज्ञ पर्यटन, यातायात, वातावरणविज्ञ लगायतका सरोकारवालको उपस्थिति रहेको थियो । सहभागीले प्रस्तावित परियोजना सुधारका लागि विषयगत समूहमा छलफल गरी पोखराको दिगो पर्यटनलाई कसरी जीविकोपार्जनसँग जोड्न सकिन्छ भन्ने आधारसहित सुझाव दिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।