Logo

२०८३, आश्विन ९गते


images
images

१० करोडको लागतमा सुरुभयो ‘पोम्स पेन्टहाउस'

१० करोडको लागतमा सुरुभयो ‘पोम्स पेन्टहाउस'

images
  • १० करोडको लागतमा सुरुभयो ‘पोम्स पेन्टहाउस'
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा लक्जरी अपार्टमेन्ट ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा आएको छ । लामो वा छोटो समय बस्नका लागि आउने पर्यटकलाई लक्षित गर्दै युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले उक्त अपार्टमेन्ट सञ्चालनमा ल्याएका हुन् ।

    images
    images
    images

    समूहमा आउने र परिवारसहित आउने दुबै प्रकारका पर्यटकलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको सञ्चालन श्रेष्ठले जानकारी दिए । ‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ,’ उनले भने । उनका अनुसार एक दिनमात्रै वा छोटो समय बस्नेले पर्यटकले समेत अपार्टमेन्टको सुविधा लिन सक्ने छन् ।

    images
    images
    images

    पोखराको लेकसाइडस्थित बाराही पथमा करिब १० आना क्षेत्रफलमा निमार्ण भएको अपार्टमेन्टका लागि झण्डै १० करोड खर्च भएको श्रेष्ठले बताए । पोम्समा स्टुडियो अपार्टमेन्ट ६ वटा, दुई बेडरुमको ४ वटा, थ्री बेर्डरुमको १ र ६ वटा सेयरिङ किचन रुम छन् ।

    images
    images
    images

    पोम्समा घरमा चाहिने सम्पूर्ण सुविधा उपलब्ध छ । किचन, ग्याँस, भाँडाकुडालगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा हाउसको रहेको श्रेष्ठले बताए । उनका अनुसार सुविधा लिने नेपालीले एक रातको तीन हजारदेखि १२ हजारसम्म र विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म खर्चिनु पर्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।