देवदह । युगज्योति माविमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युग ज्योति मावि मा नमुना मतदान कार्यक्रम स्म्पन्न भएको हो।
नमुना मतदानमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए। नमुना मतदान मार्फत विद्यार्थीहरुले आफ्नो कक्षा मनिटर छात्र १ र छात्रा १ तथा विद्यालय मनिटर छात्र १ र छात्रा १ जना चुनेका छन्।
जसअनुसार विद्यालय मनिटरमा छात्र तर्फ शिशिर कडेंल २६९ मत प्राप्त गरि विजय भएका छन् भने छात्रा तर्फ स्यालवी विक र निरिसा चौवेको बराबर मत प्राप्त भएकोले गोला थुताउदा स्यालवी विक मनिटरमा चुनिएकि छन्।
नमुना निर्वाचनमा कक्षा शिक्षकलाई अधिकृतको जिम्मेवारी दिएको थियो। मतदानमा सहभागी संख्या ४०८ थियो । जसमा ११ मत वदर भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology