Logo

२०८३, आश्विन ९गते


images
images

रूकुमको सोती नरसंहार भएको कालो दिनको सम्झनामा

रूकुमको सोती नरसंहार भएको कालो दिनको सम्झनामा

images
  • सेतोमसी सहकर्मी
  • रूकुमको सोती नरसंहार भएको कालो दिनको सम्झनामा
    images
    images

    नेपाली इतिहासमा यो एऊटा जातीय आधारमा भैको जघन्य अपराध थियो, अत्यन्तै क्रुर र पाशविक ढङ्गले ६ जना भाईहरुलाई एकैचोटी एकैठाऊमा  मारियो तर ति  अपराधीहरूलाई यो नालायक केपी ओली सरकारले आज सम्म कारवाही गरि पिडित ६ घरपरिवार लाई न्याय दिन सकेको छैन ,सभ्य समाज र हरेक नागरिकको  लागि यो भन्दा घिनलाग्दो अवस्था अरू केही हुदैन। हत्यामा सामेल भनिएका ३४ जना आज खुला आकाशमुनि मस्त डुलिरहेका छन भने अर्को तिर पिडित ६ घरपरिवार आज पनि आँशुको आहालमा डुबेको छ ।
               
    तल देखि माथि सम्मको सेटिङ्ग मा जुन तरिकाले हत्यारा हरू चोख्याउने खेल भयो त्यो त सबैको सामु प्रष्ट छ ,कतिले बुझे कतिले बुझेर पनि हत्यारा जोगाउन लागि परे त्यो फरक बिषय हो ।गरिब  निमुखालाई न्याय र मुक्ति दिन्छौ भन्ने अनेक लोभ लाग्दो नाराको सिडी चढेर सत्ता मा पुगेका वर्तमान केपी सत्ता एकदम पुर्वाग्रही बनेको कसैको आँखामा छेकिएन बरू खुलेरै घटना स्थल देखि पोस्टमार्टम र विभिन्न अड्डा अदालतमा विभिन्न चेनल मार्फत अपराधी जोगाऊन सक्रिय भयो जबकी यो केपीको सत्ता निर्माणमा पुँजिपति दलालहरूको नोट भैपनि भोट धेरै त विभिन्न उत्पिडित जाति र वर्ग ,गरिब निमुखा, मजदुर  किसानको नै थियो यो तथ्य कुरा हो ।

    images
    images
    images

    आज एक बर्ष पनि बितेछ ति न्याय पर्खेर बसेका परिवार का आँखा पनि उदासिन देखिएका छन न्याय पाएका छैनन यधापि न्याय पाऊने सबै तरिका र बाटो भने बन्द भैको छैन भनिन्छ नि पानीले जब सुगम बाटो नपाए पहरा फोर्छ र बाटो बनाऊदै अघि बढछ ठिक त्यस्तै उत्पिडित वर्ग समुदायले न्याय नपाए पहरा फोर्छ फोर्छ यो जुन सुकै क्रियाको प्रतिक्रिया आऊछ यो विज्ञान हो हाम्रो समाज को विकास पनि विज्ञानमा आधारित छ ।

    images
    images
    images

    अन्त्यमा यो राज्यले पिडित परिवार लाई शिघ्र न्याय देओस नत्र यो राज्य सत्ता त रहदैन रहदैन ढल्छ साथै ति अपराधी हत्याराहरूलाई पनि भौतिक रूपमा मेटाऊन दलनमा परेका सबै दलित, उत्पिडित र समाजिक रूपले उपेक्षित वर्ग जाग्ने छ सबै मा बदलाको भाव जिऊदै छ त्यतिबेला अप्रिय हुनेछ, पाशविक हुनेछ,रगतको भेल बग्ने छ,  सबैमा चेतना होस । 

    ✍️ संघर्ष बिश्वकर्मा

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघर्ष बिश्वकर्मा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।