Logo

२०८३, श्रावण ३०गते


images
images

कास्की–२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र र प्रदेशसभामा राप्रपाको अग्रता

कास्की–२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र र प्रदेशसभामा राप्रपाको अग्रता

images
  • कास्की–२ को मतगणना सुरु : प्रतिनिधि सभामा स्वतन्त्र र प्रदेशसभामा राप्रपाको अग्रता
    images
    images

    कास्की । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो ।

    images
    images
    images

    प्रतिनिधि सभा चुनावतर्फ ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन। उनले अहिलेसम्म १ सय २३ मत प्राप्त गरेका छन । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ६८ मत प्राप्त गरेका छन । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।
    त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि राप्रपाले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् ।
    त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलिय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।