Logo

२०८३, आश्विन ११गते


images
images

गठबन्धनका दुर्गादत्तलाई हराउँदै गणेशमान चुनिए प्रदेश सांसद

गठबन्धनका दुर्गादत्तलाई हराउँदै गणेशमान चुनिए प्रदेश सांसद

images
  • गठबन्धनका दुर्गादत्तलाई हराउँदै गणेशमान चुनिए प्रदेश सांसद
    images
    images

    राजेश पराजुली, पोखरा । कास्की क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेकपा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् । उनले ५ दलीय गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दुर्गादत्त भण्डारीलाई हराउँदै प्रदेश सभा सदस्यमा जीत हाँसिल गरेका हुन् ।

    images
    images
    images


    गणेशमानले १४ हजार ४ सय ७३ मत ल्याउँदा भण्डारीले जम्मा ९ हजार ६ सय ६१ ल्याएका छन् । जनता समाजवादी पार्टीबाट गत साल फागुन १३ गते एमाले प्रवेश गरेका गुरुङले प्रदेशको टिकट पाएका गुरुङले भारी मतान्तरले चुनाव जितेका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीति थालेका गुरुङ २०६९ सालमा जातीय पहिचानको मुद्धा बोकेर एमालेबाट विद्रोह गरेर अशोक राईसँगै संघीय समाजवादी पार्टीतिर लागेका थिए । कास्की क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्षसमेत भएका गुरुङ जनता समाजवादी पार्टी हुँदा गण्डकी इन्चार्ज तथा केन्द्रीय सदस्य थिए ।


    एमालेमा हुँदा खेरी नै सांसदको टिकटबारे चर्चामा रहने गुरुङ फेरि एमाले फर्किएर गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भएका हुन् । माओवादीबाट उम्मेदवार बनेका भण्डारी अर्को क्षेत्रबाट चुनाव उठेको भन्दै माओवादीभित्रै असन्तुष्टि थियो ।
    भण्डारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बालसखा हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।