सुनवल । पश्चिम नवलपरासी क्षेत्र नं. २ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत विजयी भएका छन् । राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार आशिष प्रधानलाई पछि पार्दै बस्नेत विजयी भएका हुन।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले १२ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकट प्रतिस्पर्धी राप्रपाका प्रधानले १२ हजार ३ सय ७७ मत ल्याएर झिनो मतान्तरले पराजित भएका छन् । बस्नेत र प्रधानको मतान्तर मात्रै ७१ रहेको छ । निर्वाचन अधिकृत कार्यालयले जनाएको खड्कालाई विजयी घोषणा गरिसकेको छ ।
नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बस्नेतले स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गरि धारा चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
नेकपा एमालेको बलियो संगठन रहेको उक्त क्षेत्रमा यसअघिको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट एमाले नेता बैजनाथ चौधरीले निर्वाचन जितेका थिए । तर, अहिले भने एमालेका उम्मेदवार प्रतिस्पर्धामा निकै पछाडि परेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology