काठमाडौं । जुम्लाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले आर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने बताएका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने बताए ।
‘म एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ । आजका दिनसम्म पनि एक रुपैयाँ भ्रष्टाचार गरेको छैन’, उनले भने, ‘अब उप्रान्त जुम्लामा कसैले भ्रष्टचार गर्छु भनेर कल्पना मात्र गर्यो भने त्यसलाई जेल हाल्छु ।’
निर्वाचित भएपछि जुम्लाको सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आशा र भरोसाका साथ दिएको मतलाई निराशामा परिणत हुन नदिने प्रतिबद्धता जनाए । शाहीले आफूले जुम्लाका सबै स्थानीय तहमा पुगेर मतदाताको दुःख पीडा सुन्ने पनि बताए ।
उनले जुम्लाका आवाजलाई बारम्बार दवाउने प्रयास भएको दाबी गर्दै त्यस्ता व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिने बताए ।
उनले आफूलाई कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीको पनि भोट आएको भन्दै सबैलाई समान व्यवहार गर्ने बताए । उनले भने, ‘साझा एजेन्डा लिएर अघि बढौं, अब जुम्ला बन्छ । जुम्ला बनाउन सबै तयार छौँ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology