बुटवल । बिहान ५ बजेबाट रोकिएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । मतगणनामा अनियमितता भएको आरोप लगाउँदै बाहिरिएका दलहरुको अनुपस्थितीमै निर्वाचन कार्यालयले मतगणना शुरु गरेको हो । मुचुल्कामा उल्लेख गरिएको मतपत्रको संख्या भन्दा कम्प्युटरमा प्रविष्ट गरिएको मतपत्रको संख्या कम भेटिएपछि बढी मतपत्र आएको भन्दै सत्ता गठबन्धन सहित रास्वपा र अन्य उम्मेदवारहरु विरोधमा उत्रिएका थिए । उनीहरुले पुनः मतदानको माग गर्दैै दिनभरी मतगणनास्थल बाहिर नाराबाजी गरेपनि निर्वाचन कार्यालयले साँझबाट एमाले, नेमकिपा र केही स्वतन्त्र उम्मेदारका प्रतिनिधिको उपस्थितीमा मतगणना शुरु गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology