१२ जेठ, बुटवल
आज बिहान बुटवलबाट गुल्मीका लागि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थान अक्सिजन सिलिन्डर (सिलिन्डर खरिद सहित) गुल्मी पठाइएको छ।
उक्त सहयोग गुल्मी सत्यवती गाउपालिका स्वास्थ्य प्रमुख सुर्य बहादुर रानालाई बुटवलमा हस्तान्तरण गरिएको छ । अक्सिजन सिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग र भर्से स्वास्थ्य चौकीमा आजै पुर्याइने प्रमुख रानाले जानकारी दिएका छन ।
एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फ बाट लुम्बिनी क्षेत्रको संयोजन गरिरहनु भएका एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्रीका अनुसार यस सहयोगका लागि एनआरएनए बोत्स्वाना अध्यक्ष पदम भन्डारी र हङ्गकङ्गबाट कुलबहादुर बुढाथोकीले आर्थिक सहयोग गरेका छन ।
एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार पाल्पाको जिल्ला अस्पताल र रामपुर अस्पतालमा अक्सिजिन सिलिन्डर आजै बितरण गरिने र स्याङ्जाको लागि ब्यबस्थापन गर्दै गरिएको बताउनु भयो ।
थापाका अनुसार यस अघि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पताल, कैलालीको टीकापुर अस्पताल, परासी अस्पताल, पुर्व नवलपरासीको रजहर अस्पताल, बाराको सिमरा स्वास्थ्य केन्द्र र इलाम अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग गरिसकेको छ । साथै अछामको मङ्गलसेन र बयालपाटा अस्पतालमा अक्सिजिन सिलिन्डर पुर्याइदैछ ।
त्यसै गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, जुम्लामा पनि सहयोग पठाउने तयारी हुदैछ । हाल सम्म १ सय २५ थान अक्सिजन सिलिन्डर खरिद सहित र ६ सय ५९ थान रिफिल्ड्ड अक्सिजन सहयोग यस अभियानले १० जिल्लामा हस्तान्तरण गरि सकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology