Logo

२०८३, आश्विन १०गते


images
images

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार !

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार !

images
  • प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार !
    images
    images

    राजेश  पराजुली, पोखरा । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।

    images
    images
    images

    निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए ।

    images
    images
    images

    यस्तै नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले रु १३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले रु एक लाख १६ हजार, विक्रमबहादुर शाहीले रु दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले रु चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

    जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ रु ३१ लाख, प्रदेशसभा (१)का लागि रु २१ लाख र प्रदेशसभा (२) का लागि रु १९ लाख खर्चको सीमा तोकिएको थियो ।

    एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।