काठमाडौ,
बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन अपरान्ह ४ बजे पछि हुनेछ ।
नेपालको संविधान २०७२ अनुसार प्रत्येक बर्षको बजेट जेठ १५ गते सम्ममा संसदमा पेस गरिसक्नु पर्ने हुन्छ । तर, गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ ।
यद्यपि अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology