पोखरा । पोखरा महानगरपालिका पार्किङको ठेक्का पाएको कम्पनिसँग झुक्दै अघिल्लो सरकारले गरेको सम्झौतालाई कायम गरेको छ । निवर्तमान मेयर मान बहादुर जिसी नेतृत्वको सरकारले मंसिर २७ मा सकिने ठेक्कालाई लकडाउनका कारण चैत २७ सम्म म्याद थपेको थियो ।
वर्तमान सरकारले सोही सम्झौतालाई कायम गरिने महानगरपालिकाको प्रवक्ता मोती तिमिल्सिनाले बताए । उनका अनुसार पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच २ वर्षका लागि मंसिर २७ मा सकिने गरि सम्झौता भएको थियो ।
तर अब लकडाउनका कारण आगामी चैत २७ गतेसम्म ठेक्का सम्झौता कायम भएको महानगरका प्रवक्ता मोती तिमिल्सिनाले स्पष्ट पारे । उनका अनुसार महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो । सो सम्झौता अनुसार हिजो (मंसिर २७) गते सकिने थियो ।
तर प्रालिले लकडाउनका कारण सम्झौता अवधि बढाउन माग गरे अनुरुप पोखरा महानगरपालिकाको आर्थिक ऎन २०७८ तथा परामर्श समितिको सिफारिस र महानगरको निर्णय अनुसार आगामी चैत २७ गते सम्मका लागि म्याद कायम गरिएको तिमिल्सिनाले बताए । उनले भने, ‘चैतसम्म म्याद हो । मेयर साबले पार्किङको शुल्क नलिने चुनावको समयमा घोषणा गरेपनि अहिले सम्झौता अनुसार नै चैतसम्म कायम हुन्छ । त्यसपछिको लागि निर्णय भइसकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology