Logo

२०८३, श्रावण ३०गते


images
images

वृद्ध महिलाहरूलाई ललाईफकाई सुनका गहना र नगद चोरी

वृद्ध महिलाहरूलाई ललाईफकाई सुनका गहना र नगद चोरी

images
  • वृद्ध महिलाहरूलाई ललाईफकाई सुनका गहना र  नगद चोरी
    फाईल फोटो
    images
    images

    राजेश  पराजुली, पोखरा कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट वृद्ध महिलाहरूलाई ललाई फकाई गरी सुनका गहना तथा नगद चोरी गर्ने घटना बढेको जनाएको छ ।

    images
    images
    images

    पछिल्लो क्रममा पोखराका विभिन्न स्थानमा घरमा कोही नभएको मौका पारी वृद्ध महिलाले कान तथा घाटीमा लगाएका गहना र कोठामा राखेका गरगहनाको साथमा नगद समेत चोरी गर्ने घटना बढेको उल्लेख गर्दै प्रहरीले त्यस्ता घटनाबाट पीडितलाई सम्पर्कमा आउन र अन्यलाई सचेत रहन आग्रह गरेको छ ।

    images
    images
    images
    319366355_834286314356594_8286002805703685131_n.png

    यस प्रकारको चोरीमा महिला नै संलग्न रहेको पाइएको र हालसम्म पीडित ९ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएको प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार पीडित ९ जनाबाट २७ लाख बराबरको गरगहना चोरी भएको हो ।

    images
    images
    images

    प्रहरीले हालै चोरीमा संलग्न रहेको आरोपमा सुनका गरगहनासहित एक महिलालाई पक्राउ गरेको खड्काले जनाएका छन् । उनका अनुसार पर्वत मोदी -०६ घर भई पोखरा -०४ गणेश टोल बस्ने ३४ वर्षीया टिका श्रेष्ठ चोरी गरेको धनमालसहित बुधबार पक्राउ परेकी हुन् ।

    श्रेष्ठलाई चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।