Logo

२०८३, श्रावण २७गते


images
images

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा १० प्रतिशतसम्म वृद्धि हुँदा निगमलाई ८० करोड भार

पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा १० प्रतिशतसम्म वृद्धि हुँदा निगमलाई ८० करोड भार

images
  • पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा १० प्रतिशतसम्म वृद्धि हुँदा निगमलाई ८० करोड भार
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले  वार्षिक ८० करोड व्ययभार थपिने गरि  पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

    images
    images
    images

    दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

    images
    images
    images

    सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशतसम्मले बढेको छ ।

    images
    images
    images

    देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् ।  स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६ ३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ ।

    ‘देशैभरको इन्धन ढुवानी ट्यांकरको भाडा वृद्धि भएको छ, निगम सञ्चालक समितिले २७ कात्तिकमा गरेको निर्णय नयाँ मूल्य प्राप्तिपछि कार्यान्वयनमा ल्याइएको हो,’ उनले भने, ‘लामो समयदेखि व्यवसायीले यो माग गर्दै आएका थिए ।’

    सञ्चालन घाटा देखाउँदै उपभोक्तालाई चर्को मूल्य असुलेको निगमले व्यवसायी पोस्नेगरि ढुवानी भाडा वृद्धि गरेको भन्दै आलोचना सुरु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।